निर्देशक सुदर्शन थापाको आगामी फिल्म “रावायण” को प्रदर्शन मिती घोषणा गरिएको छ । २०८१ भाद्र २१ गते तिजको दिनलाई फिल्मको मिति लक गरिएको हो। सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शन को संयुक्त व्यानरमा बन्ने फिल्मलाई सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन्। मुख्य कलाकारहरुमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाहि, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको फिल्ममा अभिनय रहेको छ संगै थुप्रै चिर परिचीत कलाकार हरुको अभिनय रहेको छ ।
शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन फिल्ममा देख्न सकिन्छ ।