नेपालकै पहिलो एनिमेटेड फिल्म ‘सलीना’को ट्रेलर सार्वजनिक भएको छ ।निर्देशक जोशी र श्रुति श्रेष्ठले मिलेर निर्माण गरेको फिल्ममा शिव पुरी तथा श्रुति श्रेष्ठको संयुक्त सम्पादन छ ।फिल्ममा सुशील नेपाल, अदिती ज्ञवाली, झरना राई, शिव पुरी, देव न्यौपाने, एज्मी कुइंकेल, बेनिशा खतिवडा, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, श्रुति श्रेष्ठ, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का लगायतले एनिमेटेड पात्रका लागि आवाज दिएका छन् ।

फिल्मले यूनिभर्सल सर्टिफिकेट पाएको छ । ‘यो फिल्म बनाउन ६ वर्ष लागेको थियो भने चैत १६ गते बाट फिल्म प्रदर्शनमा आउने छ । फिल्म राक्षसकी रानीको आतंकलाई रोक्न राजकुमारीले अन्य पात्रसँग मिलेर लड्ने लडाइँको कथामा आधारित छ ।