शुक्रबारबाट प्रदर्शन भएको फिल्म `माहाजात्रा´ले व्यापारमा आफ्नो बलियो स्टारडम देखाएको छ ।विकेन्ड कलेक्सन फिल्मले ४ करोड माथि गरेको छ । तथ्यांकअनुसार फिल्मले पहिलो दिन (शुक्रबार) १ करोड २३ लाख र दोस्रो दिन (शनिबार) १ करोड ८६ लाखसहित दुई दिनमा ३ करोड ६ लाख कमाएको हो । काठमाडौंसँगै मोफसलका ठूला सहरहरुमा पनि फिल्मको व्यापार राम्रो छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल आदिको अभिनय छ । मध्यान्तरअघिको कमेडी पाटोलाई दर्शकले बढी रुचाएका छन् ।