फिल्म ‘रेड सुटकेस’को टिजर सार्वजनिक गरिएको छ ।फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको टिजरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । फिल्मलाई आइसफल प्रोडक्सनले निर्माण गरेको हो । फिल्ममा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायत कलाकार मुख्य भूमिकामा छन् ।
फिल्ममा सौगात मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् ।चैत ३० गते रिलिज हुने फिल्ममा रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा निर्माता रहेको छ ।