रोमानियामा ५० प्रतिशत छायांकन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकन सुरु हुदै गर्दा फिल्मका अभिनेता विवेक कर्माचार्यले शरिरको लागी मिहेनेत गरेका छन् । सुगठित शरिर सहित विवेकको तस्विर सार्वजनिक भएको हो। मिलन चाम्को निर्देशम रहेको फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो फिल्ममा बधुको भूमिकामा अभिनेत्री आँचल शर्मा र वरको भूमिकामा भने डेव्यु अभिनेता विवेक कर्माचार्यले अभिनय गरिरहेका छन् ।