फिल्म  ‘महाजात्रा’को  गीत ‘मुरी मुरी साथी’ सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ ।गीतमा शब्द हर्क साउद, संगीत तथा स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ ।

गत चैत ९ गतेदेखि प्रदर्शनरत ‘महाजात्रा’ लाई प्रदीप भट्टराई निर्देशन तथा लेखन गरेक हुन् । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय देख्न सकिन्छ ।