फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक मिलन चाम्सले  आगामी वर्ष २०८१ माघ ११ गते रिलिज गर्न  लागेका हुन्  महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म बनेको हो ।फिल्ममा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनका अलवा फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठको पनि फिल्ममा प्रमुख भूमिका रहेको छ ।मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी यसका निर्माण नियन्त्रक हुन् । सुदीप बरालको डिओपी रहेको फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन् ।