बहुप्रतिक्षित फिल्म `डिग्री माइला´ को चर्चा चुलिएको छ । निर्माण टिमले  टिजर र ट्रेलर सार्वजनिक गरे पछी फिल्मको चर्चा झनै चुलिएको हो । यसै माथि सार्वजनिक टिजर र ट्रेलरमा  राखिएकोएक सम्वादले दर्शकलाई हल् सम्म तान्ने  अड्कल काट्न सकिन्छ । मलाई तलब दिने हैसियत छ ?  खान्छौ नि कोक मल्टिनेसनल कम्पनी हो । कन्ट्रि हेडका अफर छ । दश लाख रुपैयाँ तलब, गाडी ड्राइभर, बस्ने क्वार्टर, संसार घुम्ने फ्रि एयर टिकट सक्छौ ?दयाहाङ राईको यो संवादले दर्शकको ध्यान खिचेको छ ।बिनोद चौधरीले टिजर सेयर गरेपछि यो सिनेमाले थप चर्चा बटुलेको थियो । उद्योगी तथा व्यवसायीमाझ यो फिल्मको चर्चा भएको थियो । यस्ता छन् ट्रेलरमा देखाइएको सम्बादहरु ...स्तर मिल्दैन हो भाइ हो, बुझ न । तेरो आगनमा आएर मेसीले फुटबल खेल्छ ?  ...नडराउ मैले चाहेँ भने दुई घण्टामा गाउँमा हेलिकप्टर र सेना झरेर गाउँ नै हरियो बनाइदिन्छु । ...सहरमा मिस नेपालहरू म जस्तो हेन्डसम र ट्यालेन्ट केटो नपाएर कुमारी बसेका छन् । तेरो घरमा ऐन छैन ? कुवामै गएर भए पनि एकपटक तेरो अनुहार हेर । अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ । अनुहारमा त म गोबरै पोतेर पनि केटी पट्याइदिन्छु ।बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण रहेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा दयाह्यङ राई , आंचल  शर्मा,विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेनछ । फिल्ममा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ । ऋचा ट्रेलरमा पनि समेटिएकी छन् । फिल्म आगामी ३० गते रिलिज हुने छ ।