घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक पोस्टरमा अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्मालाई रोमान्टिक अवतारमा चित्रित गरिएको छ। फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ । फिल्मको निर्मातामा अमित बस्नेत, आरोन बस्नेत, परी राना र एरियाना बस्नेत छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्मातामा छन् । फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ भने अभेद परवको छायांकन छ ।आगामी जेठ २५ गतेबाट फिल्म प्रदर्शनमा आउदै छ ।