फिल्म ‘ईश्वर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८१ को मंसिर १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका  निर्माता हरिबहादुर थापा र शंकर गिरी हुन् । सार्वजनिक पोस्टरमा अभिनेता पृथ्वीराज प्रसाईं रिसाहा मुद्रामा चित्रित छन् भने अभिनेत्री अनु शाह घाइते अवस्थामा प्रस्तुत छिन् । भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको पनि अभिनय छ । फिल्मलाई  लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण गरिएको हो।