बहुप्रतिक्षित फिल्म `डिग्री माइला´ को रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले दर्शकको लागी अफर ल्याएका छन्न । निर्माण टिमले  टिजर र ट्रेलर सार्वजनिक गरे पछी फिल्मको चर्चा झनै चुलिए संगै  डिग्री माइलाको पात्र बनि आफ्नै गफ दिदै अधिक्तम ३ मिनेट सम्मको भिडियो बनाई उपहार जित्ने मौका दर्शकलाई दिएका हुन् । उक्त भिडियो बनाइ दर्शकले डिग्रीमाइलाको  ह्यास्ट्याग राखी फिल्मको रिलिज मिति र टाइटल राखी degreemaila.movie@gmail.com मा पठाउनु पर्ने छ । साथै , बाँसुरी फिल्मसलाई ट्याग पनि गर्नु पर्ने छ । उक्त भिडियो २७ गते सम्म पठाइसक्नु पर्ने छ भने सो भिडियो बनाएका विजेता दर्शकले मोबाइल उपहार पाउने छ्न् । साथै दोश्रो र तेश्रो बनेका दर्शकलाई पनि निर्माण टिमले मोबाइल नै उपहार दिने छन् । रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ  ।  फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एसशिनले खिचेका छन् ।