छोटो समयमा चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान सफल अभिनेत्री हुन् –प्रियंका कार्की । व्यस्त नायिकामा पर्ने प्रियंकाले चलचित्र क्षेत्रमा पाइला चालेको करिब ५ वर्ष पुगिसकेकाे छ । यसै वर्ष मात्र प्रियंका अभिनित लगभग आधा दर्जन चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् । आँउदो शुक्रवार प्रियंका अभिनित ‘फाटेको जुत्ता’ चलचित्र प्रदर्शनमा आउँदै छन् ।

 

केही दिन अघि उनलार्इ प्रदर्शनमा आउन लागेको चलचित्रको प्रमोसन छाडेर आफ्नो प्रेमी आयुष्मान देशराजलाई भेट्न मुम्बई गएको आरोप लागेको थियो । मुम्बई पुगेकी प्रियंकाले आफ्नो इन्टाग्राम एकाउन्टमा आयुष्मानसँगको केही तस्बिरहरू समेत सेयर गरेकी थिइन् ।   प्रियंकाले आफूलाई लागेको आरोप खण्डन गर्दै आफ्नो विशेष कामले मुम्बई गएको बताएकी छिन् । उनले एक मिडियासँग करा गर्दै ‘एसराज स्टुडियो र अर्को एक प्रोजेक्टको लागी अडिसन दिन मुम्बई गएको खुलाएकी छिन् । आफ्नो काम छोडेर प्रेमी भेट्न जाने मान्छे होइन भन्दै प्रोजेक्टको बारेमा बोल्ने हाल अधिकार नभएको उनि भन्छिन् । प्रियंका सोमबार नै  नेपाल फर्किसकेकी छिन् । मङ्गलवार बिहान उनि नयाँ चलचित्र ‘बटरफ्लाई’को डबिङमा पुगेकी थिइन् ।