फिल्म ‘पूजार सार्की’ बाट पल लुक्स सार्वजनिक भएको छ । सार्वजनिक लुक्स हेर्दा फिल्ममा पल खलनायकको पात्रमा रहेको बुझ्न सकिन्छ ।उनी काँधमा बन्दुक भिरेर खोलाको बगरमा हिँडिरहेको देखिएका छन् । शिरमा भादगाउँले टोपी र आँखामा चश्मा लगाएका उनले आधा बाहुला भएको कोट, सर्ट र पाइन्ट पहिरिएका छन् ।फिल्ममा पहिलोपटक तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिँदैछन् । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा विकास सुवेदीको लेखन रहेको छ । फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, प्रेम सुब्बा, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।