अनिता पण्डितको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’को दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अनिता पण्डित र सुरवीना कार्की रोमान्टिक भावमा प्रस्तुत छन् ।लैङ्गिक र यौनिक विषय साथै अटिजमको कथा उठाएको फिल्मले विशाल घिमिरे तथा अनिता पण्डित निर्माता रहेका छन् । आश्वि फिल्मस्ले निर्माण गरेको फिल्ममा अनिता र सुरवीनाको अलावा निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरे लगायतको अभिनय छ । फिल्ममा अनिल कटुवालको छायांकन, एलिस कार्कीको संगीत, विजेश पौडेलको सम्पादन र पवित्रा घिमिरेको शब्द रचना छ । फिल्मको रिलिज मिति भने निर्माण टिमले तय गरिसकेका छैनन् ।