फिल्म ‘एक्लो’मा मुख्य कलाकारको ‘लाइनअप’ पूरा भएको छ ।प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्ममा अन्य कलाकारहरु पनि फाइनल भैसकेका छन् । फिल्ममा अभिनेता विजय लामा अघिल्लो साता अनुबन्ध भएका थिए । अब सुनिल थापा, एवन राज उप्रेती र कविता नेपालीको प्रवेश भएको छ । अभिनेत्री दीया पुनको पनि विशेष भूमिकामा रहने जनाइएको छ ।यस्  अघी फिल्ममा अभिनेता प्रदीप खड्का र बेनिशा हमाल मुख्य भुमिकामा अनुबन्धित भैसकेका थिय।शाई प्रडक्सन नेपालको निर्माणमा बन्न लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।निर्देशक शाहीकै लेखन रहेको फिल्ममा विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्मातामा छन् ।