पहिलो पटक एक्सन अवतारमा नायिका पूजा शर्मा देखिन लागेकाले पनि फिल्म `दान्भी´ को चर्चा चुलिएको छ । दर्शकको लागी बहुप्रतिक्षित बनेको यस् फिल्मको  शनिबारबाट काठमाडौंमा इन्ट्री सिनको छायांकन भइरहेको छ ।संसारकै महंगो बाइक मानिने हार्ले डेभिडसनमा पूजाको  इन्ट्री सिन खिचिएको छ ।सेटबाट प्राप्त तस्वीरमा पूजा बाइकमा चढेर स्टाइलिस अन्दाजमा देखिएकी छन् ।अबको केही दिनमा गीतको भाग पनि खिचिने छ । देव मगर र अनुप गडाल निर्माता तथा पवन राना मगर कार्यकारी निर्माता रहेको फिल्मलाई निर्देशक रुपेस तामाङले निर्देशन गरिरहेका छन् । कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ फिल्मको सह-निर्मातामा छन् ।रविना थापा मगरको कथा र  संजोग कुवँर रानाको पटकथा र संवाद लेखन रहेको फिल्ममा पूजाको जोडी कुन्साङ बोमजोमसँग बाँधिएको छ ।आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा पूजा र कुन्साङको अलावा अभिनेता किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।