अनिता पण्डितको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार अनिता पण्डित ,सुरवीना कार्की लगायतका कलाकारहरुलाई देखाइएको छ । लैङ्गिक र यौनिक विषय साथै अटिजमको कथा उठाएको फिल्ममा विशाल घिमिरे तथा अनिता पण्डित निर्माता रहेका छन् । आश्वि फिल्मस्ले निर्माण गरेको फिल्ममा अनिता र सुरवीनाको अलावा निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरे लगायतको पनि अभिनय छ ।
फिल्ममा अनिल कटुवालको छायांकन, एलिस कार्कीको संगीत, विजेश पौडेलको सम्पादन र पवित्रा घिमिरेको शब्द रचना छ । फिल्मको रिलिज मिति भने निर्माण टिमले तय गरिसकेका छैनन्