अभिनेता निखिल उप्रेतीको निर्देशनमा छायाङ्कन भइरहेको चलचित्र ‘कमिटमेन्ट’को छायाङ्कन विगत २ महिना देखि स्थगित छ । बलिउडका केही चर्चित कलाकारसँगै नेपाल, अमेरिका, थाइल्याण्ड, सिंगापुर लगायतका स्थानमा सुटिङ हुने भनिएको चलचित्र प्राविधिकलाई पारिश्रमिक नदिइएको कारण रोकिएको हो । १९ जना प्राविधिलाई पारिश्रमिक नदिइएपछि चलचित्रको छायाङ्कन हुन नसकेको हो । नेपालमा मात्र छायाङ्कन भएको चलचित्रको ३० प्रतिशत छायाङ्कन सकिएको छ । यसै चलचित्रका लागी केही बलिउड कलाकारहरु नेपाल आएर छायाङ्कन गरिसकेका छन् ।

 

कमिटमेन्टमा निखिल आफ्नो साली सिवानी लुइटेलसँग पहिलो पटक स्किृन सेयर गर्दै छन् । बुझिए अनुसार चलचित्रको छायाङ्कन १५ दिन पछि सुरु हुने छ । विभिन्न प्राविधिकको टिमलाई निखिलले लगभग ७ लाख दिन बाँकी रहेको र उक्त रकम १५ दिन भित्रमा बुझाउने सहमति भएको बताइएको छ ।