फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’ सार्वजनिक भएको छ ।गीतमा गीतमा प्रकाश सपूतको स्वर, शब्द रचना तथा संगीत रहेको छ । गायनमा उनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी र भिडियो निर्देशन रहेको गीतमा अभिनेत्री केकी अधिकारीले नृत्य गरेकी छन् ।  सुलक्षण भारती र रमा थपलिया पनि गीतमा चित्रित छन् । आगामी बैशाख १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्मलाई सुलक्षण भारतीले लेखन तथा निर्देशन गरेका हुन् । श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा लगायतको पनि फिल्ममा अभिनय छ ।  फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।

८ वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित भएर फिल्म बनेको हो ।