नयाँ वर्षको अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को ल । अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद भएको छ । कम्पनी सेभेन सीज इन्टरटेनमेन्टले अमेरिका, अष्ट्रेलिया, फिनल्यान्ड, डेनमार्क, साइप्रस, माल्टा, नर्वे जस्ता देशमा फिल्म बिक्री गरेको हो ।फिल्म अब नेपालसंगै विदेशमा समेत एउटै मितिमा प्रदर्शन हुनेछ ।अष्ट्रेलिया र अमेरिकामा मात्र फिल्मको ११ सय बढी शो हुने भएको छ । अष्ट्रेलियामा फिल्मको बुकिङ समेत खुलिसकेको छ ।रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई र आँचल शर्माको जोडी बाँधिएको छ भने प्रकाश घिमिरे, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायतको पनि अभिनय छ । फिल्मलाई शिवराम श्रेष्ठ तथा राइली एस शिनले छायांकन गरेका हुन् ।