टिभी कार्यक्रम ‘द ब्राभो डेल्टा शो’को दोस्रो सिजन नयाँ शैली र प्रस्तुतिमा आउने भएको छ ।भूषण दाहालको चर्चित कार्यक्रम ‘न्युज डकुमेन्ट्री शो’ हिमालय टेलिभिजनबाट प्रसारण हुने छ ।निश्चित मिति तय नभएपनि नयाँ वर्षको आगमनसँगै शो प्रसारण हुने उनले जानकारी दिए ।सिजन २ कम्तीमा एक वर्ष चल्ने उनले जनाए । अघिल्लो सिजन १२५ एपिसोडसहित दुई वर्ष चलेको थियो ।