युवावर्गमा चर्चित रहेको र्याप रियालिटि शो `एएनटीएफ´को दोश्रो सिजन सुरु भएको छ । ५२ जना नयाँ ट्यालेन्टले यो संस्करणमा प्रतिस्पर्धा गर्ने छन् भने यस् पटक विजेताले पुरस्कार राशि दुई लाख पाउने छ्न् । दोस्रो सिजन सात राउण्डसम्म चल्नेछ र दुईजना फिमेल र्यापरले प्रतिस्पर्धा गर्दैछन् ।दोस्रो सिजनमा हाकिम गुरुङ, लेजी बोइ, मानस घले जजको रुपमा छन् । स्मोकीले होस्ट गरिरहेका छन् । पहिलो सुगर राउण्ड सकिएपछि अहिले दोस्रो चरणको छायांकन भइरहेको छ ।दर्शकले आगामी सातादेखि युट्युबमा दोस्रो सिजनका भिडियो हेर्न पाउने छ्न् ।