बलिउड अभिनेता अजय देवगनले लगातार ८ फिल्मको सिक्वेलमा काम गर्ने भएका छन् । अजय देवगनका फिल्म दे दे प्यार दे र सन अफ सरदार निकै हिट भएका थिए, अब यी दुई फिल्मको सिक्वेलको तयारी चाँडै सुरु हुँदैछ । बलिउड संचार अनुसार उनी  जुनदेखि लन्डनमा दे दे प्यार दे- २ र सन अफ सरदार- २ को सुटिङ सुरु गर्नेछन् । अहिले अजय सिंघम अगेन र रेड- २ को सुटिङमा व्यस्त छन् ।दे दे प्यार दे- २ को पहिलो शेड्युल १५ दिनको लागि राखिएको छ, जसलाई अंशुल शर्माले निर्देशन गर्दैछन् । पहिलो शेड्युलपछि अजयले सिधै सन् २०१२ को फिल्म सन अफ सरदारको सिक्वेलमा काम सुरु गर्नेछन् ।यसगरी देवगन आगामी दिनमा  रेड- २, दे दे प्यार दे- २, सन अफ सरदार- २, गोलमाल- ५, सिंघम अगेन, धमाल- ४, दृश्यम- ३ र शैतान- २ मा देखिनेछन् ।पछिल्लो उनको  फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो ।फिल्मले अहिलेसम्म बक्स अफिसमा २०० करोडको कलेक्सन गरेको छ ।