‘डिग्री माइला : एमए थर्ड क्लास’ नयाँ गीत सार्वजनिक भएको छ। हेमन्त रानाको शब्द, संगीत र गायनमा तयार भएको ‘किन’ बोलको गीत सार्वजनिक गरिएको हो ।गीतमा फिल्मका मुख्य पात्र दयाहाङ राई र आँचल शर्मालाई प्रस्तुत गरिएको छ।रामबाबु गुरुङ्गले निर्देशन रहेको फिल्मलाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर  निर्माण गरेको हो । फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ निर्माताको रुपमा रहेका छन् ।

प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको फिल्ममा ऋचा शर्मा बिशेष भूमिकामा रहेकी छिन् ।