निर्माता,निर्देशक सन्तोष सेनको नयाँ फिल्म ‘बलिदान’ मा नायिका ऋचा शर्मा अनुबन्धित भएकी छिन् । ऋचा र निर्माता,निर्देशक सन्तोषबीच लिखित सम्झौता भइसकेको छ ।परिवर्तनको नाममा आन्दोलन भन्दै जनताको बलि चढाएर राज गर्ने शक्तिका बिरुद्ध सचेत युवाले कतिसम्म बलिदानी गर्न सक्छ भन्ने प्रसंगलाई प्रस्तुत गरिने बताइने फिल्ममाको सह निर्माता प्रेम पुरी छन् ।फिल्मको सुटिङ बैशाख अन्तिमबाट सुरु गरिने छ भने फिल्मका अन्य कलाकार तथा प्राबिधिक कार्य चयनको क्रममा रहेको छ । यसै फिल्मबाट अभिनेता विराज भट्टका छोरा समिर भट्टले नेपालि फिल्ममा डेब्यु गर्दै छन् ।