चर्चित गायक राजेशपायल राई मादक पदार्थ सेवन गरी हल्ला गरेको काण्ड सेलाउन नपाउदै उनि अर्को कान्डमा मुछिएका छ्न् । उनि पुन अर्को काण्डका कारण सामाजिक संजालमा हट न्युज बन्न पुगेका छ्न् । उनको डिभोर्स भएको छ । श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा डिर्भोस गरेका हुन् ।अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए ।श्रीमती साङबुङ राईसँग सहमतिमा डिर्भोस गर्दै राजेशले उनलाई पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङबुङलाई थप नगद दिने सहमति गरेका हुन।साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ ।उनीहरूको दुई वर्षीय छोरा छन् ।