पूर्व मिस नेपाल समेत रहेकी नायिका श्रृष्टि श्रेष्ठले बलिउड डेव्यु गर्ने भएकी छन् । बलिउडको चर्चित ब्यानर यशराज फिल्मस्बाट बन्न लागेको चलचित्र ‘सन्दिप और पिंकी फरार’बाट उनले डेव्यु गर्ने लागेकी हुन् । यस अघि बलिउडको एक चर्चित गीतको कभरमा अभिनय गरेकी श्रृष्टिको चर्चा त्यहीबाट सुरु भएको थियो । बलिउडमा आफ्नो परिचय बनाउने दौडमा रहेकी श्रृष्टि केही समय यता मुम्बईमा बस्दै आइरहेकी थिइन् । मुम्बई बसाइमा अडिसन दिएकी श्रृष्टि अडिसनबाट छानिएकी हुन् । ‘सन्दिप और पिंकी फरार’ चलचित्रमा श्रृष्टिसँगै बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणिती चोपडाको मुख्य भूमिका रहेको छ । नेपालको बैतडी जिल्लामा छायाङ्कन हुने चलचित्रको सुटिङको लागी अर्जुन र परिणिती नेपाल आउँदै छन् । श्रृष्टिले ‘गाजलु’नामक चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेकी थिइन् । उनी अभिनित केही नेपाली चलचित्र प्रदर्शनको क्रममा रहेको छ ।