फिल्म‘मनसरा‘को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ।सेभेन सिजले ‘मनसरा‘को वितरण अधिकार किनेको हो।उपेन्द्र सुब्बाको दोश्रो निर्देशन रहेको फिल्ममा उपेन्द्र र निर्माता शैलेन्द्र ध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले कागजी हस्ताक्षर गरेका हुन् । निर्देशक सुब्बाकै लेखन रहेको फिल्ममा दयाहाङ राई, निरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान आदिको प्रमुख भूमिका रहेको छ। फिल्ममा विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शुअधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।वैशाख २१ गतेबाट फिल्म रिलिज हुने छ ।