फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ को अधिकार खरिद भएको छ । डायस्पोरा रिलिज अधिकार खरिद गरेको कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै अमेरिकामा अग्रीम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको  हो । अप्रिल १२ बाट भने फिल्म अमेरिकाको लस एञ्जलस, डलास, ओहायो, पेन्सिलनेनिया र न्युयोर्क राज्यका १० बढि सहर तथा १९ अप्रिलबाट अमेरिकाकै सान फ्रान्सिस्को २० बढि शहरका सिने लाउन्ज, रिचमण्ड सिनेमार्कमा प्रदर्शन हुनेछ । अनि अप्रिल २६ बाट डेनभर कोलोराडो, एरिजोनामा रिलिज गर्ने तयारी छ ।फिल्म अप्रिल र मेको पहिलो सातामा अमेरिकामा करिब ७०० शो र ४० देखि ६० हजार दर्शकलाई फिल्म देखाउने टार्गेट रहेको डायस्पोरा वितरक सेभेज सिजले जनाएको छ । फिल्मको  टिकट अनलाइन www.nepal11.com मा उपलब्ध हुनेछ ।रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको फिल्ममा निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।