फिल्म ‘बोक्सीको घर’को  ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाइनमा देखाइएको छ  ।नायिका केकी अधिकारीको मुख्य भुमिका रहने फिल्म आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने छ ।लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका हुन् ।सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले  समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने छ । केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्ममा केकीको अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

केकी स्वयंम निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।