फिल्म ‘एक्लो’मा प्रदीप अन्तरिक्ष यात्रीको भूमिकामा देखिने भएका छन् । सार्वजनिक गरिएको थिम पोस्टरमा एक अन्तरिक्ष यात्रीलाई चित्रित गरिएको छ । पात्रको अनुहार नदेखाइएको भए पनि यो भूमिकामा प्रदीपले अभिनय गर्ने जानकारी प्राप्त छ । प्रदीप शाहीको निर्देशनमा बन्न लागेको यो फिल्म तीन श्रृंखलामा निर्माण हुनेछ । यसमा प्रदीपको जोडी अभिनेत्री बेनिशा हमालसँग बाँधिनेछ । सुनिल थापा, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि मुख्य भूमिका रहने फिल्मलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ । डान्सरको रुपमा परिचित कविताले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछिन् ।शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको ‘एक्लो’मा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । अहिले आगामी वर्षको साउन अन्तिम साताबाट फिल्मको छायांकन सुरु हुनेछ ।