फिल्म ‘पुष्पा’ को टिजर सार्वजनिक गरिएको छ ।  तेलेगु  अभिनेता अल्लू अर्जुनको ४२औं जन्मदिनको अवसर पारेर सोमबार टिजर सार्वजनिक गरिएको हो ।टिजरमा उनी हातमा त्रिशूल लिएर घुँडामा घुँघुरा, कानमा झुम्का, आँखामा गाजल र साडी लगाएर दुश्मनसँग लडिरहेको देखिन्छन् ।सुकुमारको निर्देशनमा तयार भएको फिल्ममा अल्लूको अपोजिटमा अभिनेत्री रश्मिका मन्दाना छिन् ।

फहाद फाजिल, धनञ्जय, राव रमेश, सुनिल र अनसूया भारद्वाजको पनि फिल्ममा अभिनय छ ।आगामी साउन ३१ गते अर्थात् अगस्त १५ मा फिल्म  प्रदर्शन हुँदैछ ।