नेपाल आइडल पहिलो सिजनका फर्स्ट रनअरप एवम् चर्चित गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले डिभोर्स गरेका छन्।उनीहरुले संयुक्त निवेदन दिएका थिए भने ऋचाले अंश नलिई सम्बन्ध विच्छेद गरेकी हुन। दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले औपचारिकता दिदै २०७७ साउन २७ काभ्रे जिल्ला अदालतमा कानुनी बिहे गरेका थिए।