‘बेहुली फ्रम मेघौली’ ३४ दिनमा प्याकअप भएको छ ।फिल्मको सम्पूर्ण छायांकन मेघौली गाउँमा गरिएको हो ।निश्चल बस्नेत तथा स्वस्तिमा खड्काको अन्स्क्रिन रोमान्स रहेको फिल्मलाई निर्देशक साजन काफ्ले र आकाश बरालले संयूक्त रुपमा गरेका हुन्।आगामी वर्ष दशैमा रिलिज हुने फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेका छन् ।आकाश र साजनकै संयूक्त लेखन रहेको फिल्म ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।फिल्ममा निश्चल र स्वस्तिमाका अलावा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहेको छ ।