फिल्म ‘जारी’ को सिक्वेल बन्ने भएको छ । हालै एक अन्तर्वार्तामा निर्देशक उपेन्द्र  सुब्बाले दर्शक र हलसंचालको दबाबका कारण फिल्म बनाउन लागेको बताएका हुन् उनि भन्छन: ‘मलाई भित्रि मनदेखि ‘जारी २’ बनाउने इच्छा थिएन । किनभने, मसँग फिल्म बनाउन थुप्रै कथा छन् । फिल्म बनाउन सुरु नगर्दै मसँग ५/६ वटा कथा थियो । तिनै कथामा फिल्म बनाउँछु भन्नेमा सोचेको थिएँ । तर, ‘जारी’ चलेपछि यतिधेरै कुरा भयो कि मैले मिडियामा नै ‘जारी २’ बनाउँदिनँ भनेको थिएँ । तर, नबनाइ धर नहोला जस्तो छ ।साथै अभिनेता दयाहाङ राईले पनि इच्छा देखाएपछि उपेन्द्रलाई ‘जारी २’ बनाउन जाँगर आएको छ ।उनी निर्देशित दोस्रो फिल्म ‘मनसरा’ आगामी बैशाख २१ गते प्रदर्शनमा आउँदैछ ।