पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन अभिनित ‘राज्जा–रानी’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन र कामेश्वर चौरासिया फिचरिङ छन् ।

 

यम थापाको डेव्यु निर्देशनमा तयार भएको चलचित्र पुस २८ गतेबाट प्रदर्शन हुने भएको छ । आर्यन फिल्मस प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रलाई ‘रुद्रप्रिया’ निर्माता रमेश एमके पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा नाजिर र कामेश्वरको साथमा केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य , अनुज थापा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा पश्चिम तराईको जनजातिबिचको प्रेमकथालाई उठाइएको छ ।