फिल्म ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । सार्वजनिक गीतमा संगीतकार हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।



 

 

गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ ।घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी, निश्चल खड्का, कविर खड्का र गरिमा शर्मामा अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।  फिल्म जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।