फिल्म ‘डिग्री माइला’ले उच्च शो पाएको छ । अग्रीम टिकट बूकिङ खुले संगै फिल्मले उच्च संख्यामा शो पाएको हो । क्यूएफएक्स बाहेक देशबर ९७ शो पाएको छ । क्यूएफएक्सले ५८ शो दिइसकेको छ । यसमा अझ शो संख्या थपिने अनुमान छ।हालसम्म फिल्मले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । भोलिसम्म यो संख्या अझ बढ्ने देखिन्छ । फिल्मका वितरक गोविन्द शाहीले फिल्मले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए ।बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा नायक दयाह्याङ राई र नायिका आँचल शर्मा मुख्य भुमिकामा छ्न् । फिल्म पर्सी शुक्रबारबाट रिलिजमा आउदै छ ।