चौथो हप्तामा प्रदर्शन भैरहेको फिल्म `‘महाजात्रा’ ले आक्रमक ब्यापार गरिरहेको छ । दुई हप्तामा मात्र फिल्मले झन्डै ८ करोडको व्यापार गरेको छ ।पहिलो हप्ता फिल्मको व्यापार ६ करोड २४ लाख थियो । दोस्रो हप्ता ३ करोड ९० लाख कमाएको फिल्मले तेस्रो हप्तामा ४ करोड नजिकको व्यापार गरेको जनाइएको छ । प्रदिप भट्टराइको निर्देशन र लेखन् रहेको फिल्ममा नायिका बर्षा राउत ,नायक विपिन कार्की लगायतको अभिनय रहेको छ।