फिल्म ‘पूजार सार्की’को टिजर सार्वजनिक गरिएको छ ।  सार्वजनिक टिजरमा फिल्मका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरु टिजरमा  प्रदीप दमाहा बजाउँदै प्रस्तुत छन् भने आर्यन डोलीमा चढेका छन् । 

 

 

दिनेश राउतको निर्देशक तथा विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । संगीतकार सुवास भुसालले फिल्मको निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउने तयारीमा फिल्म रहेको छ ।