फिल्म `खजुरे ब्रो´ को टिजर रिलिज गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार नीति अभिनेता रेयर राई लगायतलाई देखाइएको छ । अर्का कलाकार नविन मानन्धर डिग्रीको उपाधि प्राप्त गर्दा लगाउने पोशाकमा चित्रित छन् ।नविन मानन्धर तथा निर्देशक सुनुवारको निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन् ।
डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् ।सुरज सुनुवारको निर्देशनमा बनेको फिल्ममा प्रकाश भुजेल, विनिता थापा मगर, प्रेम सुब्बा, पुस्कर कार्की, मनिष राउत, शान्तिला तामाङ, सुष्मा निरौला, सुजाता राई, पवन लिम्बु, दीप चन्द्र राई लगायतको अभिनय छ । फिल्म बैशाख २८ बाट रिलिज हुदै छ