प्रशान्त तामाङको निर्देशनमा फिल्म ‘सारंग’ निर्माण हुने भएको छ । नायिका ऋचा शर्माको मुख्य भुमिका रहने फिल्मको औपचारिक घोषणा गर्दै फिल्मबारे जानकारी गराइएको हो । निर्देशक तामाङ स्वयंको लेखन रहेको ‘सारंग’मा उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, दीपिका थापा, निरज ब्ल्याक, सुमन सागर जंग केसी, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले पनि अभिनय रहनेछ ।बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको कथामा बन्न लागेको फिल्म दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । यही आइतबारबाट फिल्मको छायांकन सुरु गरिँदैछ ।