फिल्म `रावायण´ को लागी अभिनेता पल शाह भरपुर लागी परेका छ्न् । एक्सन हिरोको भुमिकामा देखिन लागेका पल यतीबेला एक्सनमा मिहिनेत गरिरहेका छ्न् । त्यसका लागि उनले २० दिनदेखि एक्सनको बन्द प्रशिक्षण लिइरहेका छन् । उनलाई द्वन्द्व निर्देशक श्री श्रेष्ठले एक्सनको तालिम गराइरहेका छन् ।सुदर्शन थापाको निर्देशन रहने फिल्ममा पलको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिनेछ ।फिल्ममा पल दोहोरो भूमिकामा देखिने जनाइएको छ ।आगामी तीजलाई लक्षित गर्दै भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको छायांकन भने बैशाख दोस्रो साताबाट सुरु गरिँदैछ ।फिल्ममा शिवम् अधिकारीको लेखन छ भने विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।