आजबाट रिलिजमा आएको फिल्म  ‘डिग्री माइला’ले प्रीमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।  बिहीबार बिग मुभिजमा भएको प्रिमियरमा फिल्मले प्रशंसा बटुलेको छ । उक्त प्रीमियरमा फिल्मकर्मी देखी पत्रकारहरु सम्मको उपस्तिथि रहेको थियो । प्रिमियरको औपचारिक समारोह बाहिर रहेको फुड कोटमा गरेको थियो।नायिका मिरुना मगरले मिरुना मगरले फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन्।‘एकदमै राम्रो लाग्यो मलाई। सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाहरुले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन् । उनले अभिनेत्री आँचल शर्माको प्रशंसा गरिन् ।यसैगरी ‘लुट’ अभिनेत्री श्रृजना सुब्बाले सिनेमाको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबलौं जस्तो लागेको बताइन् । ‘एकदमै मन कस्तो भारी भइराख्यो । रामबाबुको राम्रो पक्षचाँहि एकदमै गहन कुराहरुलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउने तरिका एकदमै राम्रो रहेको बताइन् । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।