औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरिएको भक्तपुर औद्योगिक , सांस्कृतिक,पर्यटन तथा व्यापार महोत्सव यती बेला भव्यताका साथ भइरहेको छ। ८ औँ संस्करणमा आइपुगेको उक्त महोत्सव सल्लाघारी स्थित तीनकुने चौरमा भइरहेको छ । नयाँ वर्ष र बिस्केट जात्राको अवसर पारेर विगतका वर्ष देखिनै महोत्सवको आयोजना हुने गरेको उक्त महोत्सवमा यस पटक नेपालि मूलका भारतिय गायक विपुल क्षेत्री आउने भएका छन् । ३ गते हुने साङ्गीतिक कार्यक्रमका लागि विपुल आउने भएका हुन् । विपुलको कार्यक्रम हेर्न चाहने दर्शकले www.ticketsanjal.com मार्फत टिकट काट्न सक्ने छन् । विपुलका सिन्डिकेट , सरर लगायत गीतहरू चर्चामा छन् । युवा वर्ग माझ उनको वर्चस्व रहेको छ । साथै ,महोत्सवको आकर्षणमा बालबालिकाहरूका लागि बालउधान र दैनिक राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकाहरुको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत भइरहेको महोत्सवका संयोजक दिपक थापाले जानकारी गराए।