नयाँ वर्षको दिन पारेर फिल्म ‘यो मन त मेरो नेपाली हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नेपालको झन्डा र शान्तिको प्रतिक मानिने सेतो परेवालाई पृष्ठभूमिमा राख्दै पात्रहरुको मनोभाव दर्शाइएको छ । कलाकारहरु बुद्धि तामाङ, विल्सन विक्रम राई र विजय बराल गम्भीर भावमा चित्रित छन् भने रोशन श्रेष्ठ र आयुषा समाल अंगालोमा देखिएका छन् ।पद्मा ईश्वर इन्टरटेन्मेन्ट र नर प्रधानको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्मलाई नर प्रधान (मित्र) ले निर्देशन गरेका हुन् । चरणको छायांकन पूरा भइसकेको यो फिल्मको अब तेस्रो चरणको छायांकन क्यानडामा गर्ने तयारीमा निर्माण टिम छ ।फिल्ममा सौरभ लामाको छायांकन, दीपक शर्माको संगीत, शिवम् अधिकारीको लेखन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाँको भीएफएक्स तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजबंशी लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता ज्ञानबहादुर प्रधान (रोशन) हुन् । फिल्मको रिलिज मिति भने निर्माण टिमले तय गरिसकेका छैनन् ।