कलाकार विराज विष्टले नयाँ वर्षको अवसर पारेर फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरेका छन् । थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरेका हुन् । मोती बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता टोपेन्द्र बिष्ट हुन् । फिल्ममा विराज विष्टको कथा छ भने यम थापाको पटकथा लेखन छ । फिल्मका लागि निर्देशक र कलाकार भने तय भइसकेका छन् । छत्रेश्वरी म्यानेजमेन्टको प्रस्तुति रहने फिल्ममा नाम चलेका कलाकारलाई अनुबन्ध गराउने तयारीमा निर्माण टिम छ । विराज यसै वर्ष फिल्म ‘महाराजधिराज’ पनि निर्माण गर्ने तयारीमा छन् ।