अभिनेता रमित ढुङ्गानाको निर्देशन रहेको फिल्म `नमेटिने घाउ´को यती बेला धमाधम छायांकन भइरहेको छ । लगभग ८० प्रतिशत छायांकन सक्किएको यस फिल्मको यती बेला काठमान्डुमा दृश्य कैद गरिँदै छ । रौतहट , वीरगन्ज, पोखरा हुँदै फिल्मको २० प्रतिशत छायांकन काठमान्डुमा भइरहेको हो ।तेजाब आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनको जीवनीमा आधारित रहेर निर्माण भइरहेको फिल्मको निर्माण नियन्त्रक भोला सुवेदी हुन् । शिवं अधिकारीको पटकथा तथा संवाद रहेको फिल्ममा ५ जना तेजाब आक्रमणमा परेकाहरूको कथालाई समावेश गरिएको छ ।
राम बाबु खड्का चिफ एडी रहेको फिल्ममा रोसल थापा र अकिल बजगाईँले सहायक निर्देशन गरेका छन् । फिल्ममा कलाकार सुरबिर पण्डित`दारी बा´ नायिका सञ्चिता लुइँटेल ,बाल नर्सिङ राणा ,आरती आचार्य , प्राप्ति पौडेल,विशाल देवकोटा , प्रभात पल ठकुरी , इभा गिरि , सन्दीप बाबु लोहनी, अपेक्षा न्यौपाने, रचना गौतम,तलिसा गुरुङ , स्वस्तिमा कार्की,लालना चिमरिया, मेलिशा खड्का , सिम्रन खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ । साथै , फिल्ममा पुर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीको पनि अभिनय रहेको छ ।
रमित ढुङ्गाना फिल्म प्रोडक्सन प्रा.लीको ब्यानरमा निर्माण भइरहेको फिल्मको दृश्य कैद नीरज कँडेलले गरिरहेका छन्। साथै , मेकअप काब्या थापा र सलोनि थापाको फिल्ममा रहेको छ ।