गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म‘महाजात्रा’ ले यतीबेला दर्शकको राम्रो साथ पाएको छ । चौथो हप्तामा आइपुगेको फिल्मले बक्स अफिसमा आक्रमक ब्यापार गरेको छ । शनिबार काठमाडौंका केही हलहरुमा ‘डिग्री माइला’को भन्दा पनि उच्च अकुपेन्सी देखिएको थियो । र, आइतबार पनि फिल्मको अकुपेन्सी सन्तोषजनक छ ।यतिबेला ‘महाजात्रा’ले गत वर्षको ब्लकबस्टर फिल्म ‘जारी’को १७ करोड १७ लाखमाथिको व्यापारिक रेकर्डलाई पछ्याइरहेको छ । साथै , गत शुक्रबारबाट रिलिजमा आएको `डिग्री माइला´ ले समेत फिल्मलाई कुनै असर गरेको छैन । ।‘महाजात्रा’को सफलतासँगै प्रदीप भट्टराई वर्तमान समयका सर्वाधिक सफल निर्देशक बनेका छन् ।तीन हप्तामा फिल्मको व्यापार १४ करोडमाथि थियो । आगामी दिनमा पनि व्यापार स्थिर रहेको अवस्थामा फिल्मले ‘जारी’को रेकर्ड तोड्ने सम्भावना प्रवल देखिन्छ ।