औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरिएको भक्तपुर औद्योगिक , सांस्कृतिक,पर्यटन तथा व्यापार महोत्सव यती बेला भव्यताका साथ भइरहेको छ। ८ औँ संस्करणमा आइपुगेको उक्त महोत्सव सल्लाघारी स्थित तीनकुने चौरमा भइरहेको छ । नयाँ वर्ष र बिस्केट जात्राको अवसर पारेर विगतका वर्ष देखिनै महोत्सवको आयोजना हुने गरेको उक्त महोत्सवमा यस पटक नेपालि मूलका भारतिय गायक विपुल क्षेत्री आउने भएका छन् ।आज साङ्गीतिक कार्यक्रमका लागि विपुल आउने भएका हुन् । विपुलको कार्यक्रम हेर्न चाहने दर्शकले www.ticketsanjal.com मार्फत टिकट काट्न सक्ने छन् । विपुलका सिन्डिकेट , सरर लगायत गीतहरू चर्चामा छन् । युवा वर्ग माझ उनको वर्चस्व रहेको छ । साथै ,महोत्सवको आकर्षणमा बालबालिकाहरूका लागि बालउधान र दैनिक राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकाहरुको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत भइरहेको महोत्सवका संयोजक दिपक थापाले जानकारी गराए।